सिन्धुलीमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
बिहीबार, ०३ माघ २०८१, २१ : ११
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–६ स्थित कानढुंग्रीमा माइक्रोबस दुर्घटना भएको छ । जनकपुर जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको माइक्रो बस बीपी राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
टायर पञ्चर भएर माइक्रोबस डिभाइडरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले रातोपाटीलाई बताए । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारको लागी काठमाडौँ ल्याइँदै छ । अन्य ६ जनाको खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पताल उपचार हुँदै छ । माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण