हमासले कैदी रिहाइको सुविधा खोजेपछि युद्धविराम सम्झौतामा थप झुलाउने नेतन्याहू रणनीति
काठमाडौं । इजरायलले गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन ढिलाई गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबारै क्याविनेटमा मतदान गराउनु पर्नेमा त्यसो हुन सकेन । उनले उल्टै हमाससँगको सम्झौतामा अन्तिम घडीमा आएर हेरफेरको माग गरिएको आरोप लगाएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले ‘ढिला सिरा’को संज्ञा दिएका छन् । तर, योजना अनुसारै आइतबारदेखि युद्धविराम लागू हुने विश्वास उनले लिएका छन् । महिनौंदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरु युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । यद्यपि, उक्त सम्झौतालाई सुरक्षा क्याविनेटबाट सरकारी मन्जुरी प्राप्त नभएसम्म लागू गर्न नसकिने बताइन्छ ।
हमासले सम्झौताका लागि पूर्ण प्रतिवद्ध रहेको बताएको छ । तर, उसले आफ्ना केही सदस्यलाई प्यालेस्टाइनी कैदीको सूचीमा संलग्न गर्न खोजेको छ र जसले सम्झौता अनुसार रिहाइ पाउने छन् । बुधबार सम्झौता घोषणा ढिलाई हुँदा इजरायली आक्रमणमा ८० जना मारिसकेका थिए ।
हाल आएर प्रधानमन्त्री नेतन्याहूको कार्यालयले हमासले अन्तिम समयमा कैदी रिहाइको थप सुविधा खोजेको आरोप लगाउदै जबसम्म हमास सम्झौताको सबै तत्वलाई स्वीकार गर्र्दैन तबसम्म क्याविनेट बोलाइँदैन, भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण