न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने
शुक्रबार, ०४ माघ २०८१, ०८ : २६

काठमाडौँ । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले आज एक सूचना जारी गर्दै खड्काविरुद्ध उजुरी आह्वान गरेको हो ।
खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।
यसअघि बिहीबार संसदीय सुनुवाइ समितिले कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमार्फत सार्वजनिक गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।