युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’
काठमाडौँ । प्रकाश सपुतको निर्देशन अभिनय रहेको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आएको छ । केही दिन अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २४ लाख बढी भिउज पाउँदै शीर्ष स्थान ओगटेको हो ।
गीतले अहिलेसम्म ९१ हजार लाईकसमेत पाएको छ । फिल्मका निर्देशक समेत रहेका सपुतकै शब्द, सङ्गीतमा तयार गीतमा सपुत र शान्तिश्री परियारको स्वर छ ।
फिल्ममा सपुतको अलवा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको कथा, पटकथा र सङ्गीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण