‘होस्टेल ३’को ‘टिक टिक टिक’ गीत सार्वजनिक
काठमाडौँ । आगामी फागुन २३ गते रिलिज हुने फिल्म ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार पारस बम, रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ सिम्रन पन्त, हेना नगरकोटीलगायत नै देखिएका छन् ।
गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । गीतमा अलमोडासँगै सन्तोष राणाले र्याप भोकल दिएका छन् । गीतले कलेज जीवनका उतारचढावलाई संगीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबिचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरेको छ । गीतमा प्रवीण सिंहको कोरियोग्राफी छ ।
फिल्ममा पारस बम (कुलब्वाई), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली ,उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतको अभिनय छ ।
‘होस्टेल ३’ हिट फिल्म ‘होस्टेल’को तेस्रो संस्करण हो । फिल्म सशान कँडेलले गरेका हुन् । माधव शर्माको
लेखन रहेको फिल्म क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणको कथामा तयार भएको हो । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण भएको फिल्मका सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण