विपक्षी दलहरूको बैठक सुरु, साझा धारणा बनाउँदै

काठमाडौँ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालय नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन बैठक बसेको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
बुधवार बसेको बैठकले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको ड्राफ्ट शीर्ष नेतालाई बुझाएका हुन् ।
यादवका अनुसार कार्यदलले संसद् छलेर केपी ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेश, सरकारको ६ महिनाको कामकारबाही, सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका लगायत राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनेछ ।
सोही विषयमा जानकारी दिनका लागि दिउँसो ३ बजे संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त