बेलायतको २३ औँ नेपाली राजदूतको रूपमा घिमिरेले सम्हाले पदभार
लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले लन्डनस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हालेका छन् । शुक्रबार बिहान लन्डन आइपुगेका राजदूत घिमिरे बेलायतको २३ औँ राजदूतको रूपमा बेलायत आएका हुन् ।
राजदूत घिमिरेलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पियेरे, दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावासका अधिकारीहरु लन्डनस्थित हिथ्रो विमानस्थल पुगेका थिए । उनका साथमा उनकी धर्मपत्नी सरिता न्यौपाने घिमिरे पनि बेलायत आएकी हुन् ।
१७ नोभेम्बरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा घिमिरेलाई संयुक्त अधिराज्य (यूके) का लागि राजदूत नियुक्त गरिएको थियो । निजामती सेवामा तीन दशक बढीको अनुभव हासिल गरी सचिव पदबाट अवकाशप्राप्त घिमिरेले व्यापार, पारवहन, उद्योग र लगानीका क्षेत्रमा लामो अनुभव सँगालेका छन् । उनले यसअघि भारतको कोलकाता वाणिज्य दूतावासमा कन्सुलर जनरलको रूपमा पनि सेवा गरेका थिए ।
राजदूत घिमिरेले भूपू गोर्खाका मुद्धा समाधान र आर्थिक कूटनीतिलाई मुख्य प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । धरानमा जन्मेका घिमिरेले राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि महत्त्वपूर्ण योगदान दिए । आफ्नो करियरमा उनले नीति सुधार र कार्यान्वयन दुवैमा प्रशंसनीय काम गरेका छन् ।
नेपाल सरकारले गत वर्ष ६ जुनमा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि तत्कालीन राजदूत ज्ञानचन्द्र आचार्य नेपाल फर्किएपछि लन्डनस्थित नेपाली दूतावास राजदूतविहीन बनेको थियो । सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त आचार्यले झन्डै अढाई वर्ष बेलायतको २२ औँ राजदूतको रूपमा काम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण