बीसीसीआईको नयाँ नियमप्रति रोहित शर्माको आपत्ति
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ नियमप्रति कप्तान रोहित शर्माले प्रश्न उठाएका छन् । भारतीय टोली हालै सम्पन्न बोर्डर–गावस्कर टेस्ट शृंखलामा अस्ट्रेलियासँग पराजित भएपछि बीसीसीआईले आफ्ना खेलाडीका लागि केही नयाँ नियम लागू गरेको थियो ।
बीसीसीआईले घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा परिवारका सदस्यलाई साथमा लैजान खेलाडीमाथि कडाई गरेको छ । कप्तान रोहित शर्माले बीसीसीआईको यही नियमप्रति आपत्ति जनाएका हुन् ।
बीसीसीआईले हालसम्म आधिकारीक रुपमा यो नियमको बारेमा जानकारी नगराएको टिप्पणी पनि गरेका छन् । ‘अहिलेसम्म बीसीसीआईले आधिकारीक रुपमा केही बताएको छैन । तर, यो नियम गलत हो । खेलाडीहरुले पनि यस विषयमा प्रश्न उठाइरहेका छन्,’ रोहितले भनेका छन् ।
भारतीय टोलीका प्रमुख चयनकर्ता अजित अगरकरले भने बीसीसीआईको नयाँ नियमको बचाउ गरेका छन् । उनले प्रतियोगिताका क्रममा परिवारको सदस्य लैजान नपाइने नियम खेलाडीका लागि सजाय नभएको धारणा ब्यक्त गरेका छन् ।
‘हरेक खेलमा आ–आफ्नै नियम हुन्छन् । यस्ता नियमलाई पालना गर्नु हामी सबैको कर्तब्य हो । खेलाडी भनेका विद्यार्थी होइनन् । त्यसैले खेलाडीले आफैले आफूलाई अनुशासनमा राख्न सक्नु पर्छ,’ प्रमुख चयनकर्ता अगरकरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण