औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल
सोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योललाई औपचारिक रूपमा पक्राउ गरिएको छ । आइतबार बिहान उनलाई औपचारिक रूपमा पक्राउ गरिएको हो । येओलले यतिबेला महाभियोगको सामना गरिरहेका छन् । केही दिनअघि सोलस्थित राष्ट्रपति निवासबाट उनलाई समातेर लगिएको थियो ।
यसअघि, अदालतले उनको औपचारिक गिरफ्तारीको लागि कानुन प्रवर्तन एजेन्सीको अनुरोध स्वीकार गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरेको थियो । बुधबार कानुन प्रवर्तन एजेन्सीका अधिकारीहरू राष्ट्रपति निवासभित्र भर्याङ लगाएर झ्यालबाट घरभित्र पसी येओललाई हिरासतमा लिएका थिए । डिसेम्बर ३ मा मार्सल ल लगाएको र देशलाई राजनीतिक संकटमा धकेलेको मामिला उनीमाथि देशद्रोहको अभियोग चलाइएको छ ।
यसअघि डिसेम्बर १६ मा दक्षिण कोरियाको एक अदालतले रिहाइको लागि येओलका वकिलहरूले दिएको याचिका खारेज गरेका थिए । डिसेम्बर १५ मा येओलसँग १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको थियो । त्यसपछि उनलाई सोल नजिकैको हिरासत केन्द्रमा पठाइएको थियो । सोधपुछको क्रममा उनी अधिकांश समय चुप थिए । उनीमाथिको अनुसन्धान आफैँमा गैरकानुनी भएको येओलका वकिलहरूको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण