कारले कुल्चेर दर्जनौँ मानिसको ज्यान लिने चालकलाई चीनमा दिइयो फाँसी
बेइजिङ । दक्षिणी चीनमा एउटा रङ्गशाला बाहिर अभ्यास गरिरहेका मानिसहरूको भीडमा कार चलाएर दर्जनौँ मानिसको ज्यान लिने एक पुरुषलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएको भन्दै बीबीसीले सो घटनाबारे समाचार छापेको छ ।
नोभेम्बर ११ मा ६२ वर्षीय फान वेइकिउले चलाइरहेको कारले कुल्चँदा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । यस घटनामा अरू दर्जनौँ घाइते भएका थिए । यसलाई चीनमा एक दशकयताकै सबैभन्दा भयानक दूघर्टना मानिएको छ । श्रीमतीसँगको सम्बन्ध विच्छेदको मुद्दामा अदालतले पति पत्नीबिच सम्पत्ति बाँडफाँड गरेको कुरामा चित्त नबुझेको झोकमा उक्त घटना गराएको फानले अदालतमा भनेका थिए ।
अदालतले मृत्युदण्डको सजाय सुनाएको एक महिना नबित्दै सोमबार फानलाई फाँसी दिइएको हो । २०२४ मा चीनमा अपरिचित मानिसहरूलाई लक्षित गरेर १९ वटा आक्रमण भएका थिए । यो आक्रमण तिनैमध्ये एक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण