सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश गृहमा सोमबार बिहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आपतकालीन प्रतिकार्यको रेखदेख गरिरहेका प्रहरी अधिकारी लुका कौसिकले स्थानीय समयअनुसार बिहान ३ः३० बजे आगलागी हुँदा त्यहाँ करिब ३० जना रहेको जानकारी दिए ।
‘दुर्भाग्यवश, आगलागीमा परी आठ जनाले ज्यान गुमाएका छन् । अग्नि नियन्त्रक अधिकारीहरूले आगलागी को खबर प्राप्त हुँदासाथ घटनास्थलमा पुगी १३ जनालाई सुरक्षित उद्धार गरेका छन्,” श्रम मन्त्री नेमान्जा स्टारोभिकले स्थानीय सञ्चारमाध्यमसँग भने ।
यसअघि उद्धार अधिकारीहरूले कम्तीमा छ जनाको मृत्यु भएको बताएका थिए । स्टारोभिचले भने, ‘घटनाको अनुसन्धान सुरु गरिएको छ । यस घडीमा म मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु।’ ‘अभियोजकको कार्यालयले बिहानै थप आधिकारिक जानकारी प्रदान गर्नेछ,’ उनले भने । घाइतेहरुको बेलग्रेड मिलिटरी अस्पतालमा उपचार भइरहेको छ ।
काउसिकका अनुसार आगलागी बाटोको सुविधा भएको इलाकामा भएकोले अग्निनियन्त्रकहरूले आगो निभाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक