सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु
बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश गृहमा सोमबार बिहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आपतकालीन प्रतिकार्यको रेखदेख गरिरहेका प्रहरी अधिकारी लुका कौसिकले स्थानीय समयअनुसार बिहान ३ः३० बजे आगलागी हुँदा त्यहाँ करिब ३० जना रहेको जानकारी दिए ।
‘दुर्भाग्यवश, आगलागीमा परी आठ जनाले ज्यान गुमाएका छन् । अग्नि नियन्त्रक अधिकारीहरूले आगलागी को खबर प्राप्त हुँदासाथ घटनास्थलमा पुगी १३ जनालाई सुरक्षित उद्धार गरेका छन्,” श्रम मन्त्री नेमान्जा स्टारोभिकले स्थानीय सञ्चारमाध्यमसँग भने ।
यसअघि उद्धार अधिकारीहरूले कम्तीमा छ जनाको मृत्यु भएको बताएका थिए । स्टारोभिचले भने, ‘घटनाको अनुसन्धान सुरु गरिएको छ । यस घडीमा म मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु।’ ‘अभियोजकको कार्यालयले बिहानै थप आधिकारिक जानकारी प्रदान गर्नेछ,’ उनले भने । घाइतेहरुको बेलग्रेड मिलिटरी अस्पतालमा उपचार भइरहेको छ ।
काउसिकका अनुसार आगलागी बाटोको सुविधा भएको इलाकामा भएकोले अग्निनियन्त्रकहरूले आगो निभाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण