मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा मानव सेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।
उनले मानव सेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट गरिएको योगदानप्रति प्रशंसा गरे । प्रदेश सरकारले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
निर्माणाधीन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोडभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सात दिन सम्म चल्ने महायज्ञमा कमलनयन गौतम प्रमुख कथा वाचक रहेका छन् । सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रम राखिएका छन् । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने छ । महायज्ञबाट सङ्कलित रकमबाट अक्षयकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ ।
०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सात वटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण