गत वर्षको तुलनामा बढ्यो चिया निर्यात
मङ्गलबार, ०८ माघ २०८१, १२ : ४७
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब रुपैयाँभन्दा बढीको चिया निर्यात भएको छ । २०८१ साउनदेखि पुस मसान्तसम्म ३ अर्ब १६ करोड ७ ० लाख ३ हजार रुपैयाँ बराबरको ११३२६.३६ मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।
गत वर्ष यसै अवधिमा २ अर्ब १४ करोड ९१ लाख ५८ हजार रुपैयाँ बराबरको ८५१६.७० मेट्रिक टन चिया निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा चालु वर्षमा १ अर्ब १ करोड ७८ लाख ४५ हजार रुपैयाँ बराबर बढिले चिया निर्यात मूल्य वृद्धि भएको छ । यस्तै २८०९.६६ मेट्रिक टनले निर्यात परिमाण पनि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण