काठमाडौँ । गत असोजको सामान्य वर्षापछि काठमाडौँ उपत्यकामा छिटपुट बाहेक पानी पर्न सकेको छैन । जसका कारण यो हिउँदमा काठमाडौँ उपत्यकाको वातावरण निरन्तर प्रदूषित छ ।
मंसिरयता माघको उत्तरार्धसम्म आइपुग्दा पनि वर्षा हुन नसक्दा काठमाडौँलाई हेर्ने परिदृश्य नै बदलिन थालेको छ । काठमाडौँ भित्रै तर रिङरोड बाहिर रहेका डाँडाबाट काठमाडौँ उपत्यकालाई नियाल्ने हो भने धमिलो र तुवाँलो बाहेक केही देखिँदैन । कङ्क्रिटको सहर भनेर टिप्पणी गरिने काठमाडौँलाई अहिले त्यही प्रदूषित तुवाँलोले ढाकेको छ । यो वर्षको हिउँदको समयमा केही दिन बाहेक हरेक दिन जस्तो काठमाडौँको प्रदूषण तह अस्वस्थर नै रहेको छ ।
समयमै हिउँदे वर्षा नहुँदा वायुमण्डलमा प्रदूषित तुवाँलो जम्मा हुँदा काठमाडौँको वायु प्रदूषण बढ्दै गएको हो ।
यो साताको सुरुवातदेखि काठमाडौँलाई घेरेका केही केही पहाडी र हिमाली क्षेत्रमा डढेलो पनि सुरु भएका कारण त्यसबाट निस्किएका धुवाँ पनि कचौरा आकारको काठमाडौँ उपत्यकामा थुप्रिँदा वायु प्रदूषण झन् बढेको छ ।
मंगलवार दिउँसो १ बजे काठमाडौँको अमेरिकी दूतावासले ललितपुरको फोरा दरबार क्षेत्रमा राखेको वायु प्रदूषण मापन यन्त्रका अनुसार ललितपुर क्षेत्रको वायुको गुणस्तर अर्थात् एअर क्वालिटी इन्डेक्स २५९ छ । यसको अर्थ ललितपुरको त्यस क्षेत्रको वायु सास फेर्नको लागि निकै अस्वस्थकर छ ।
त्यस्तै काठमाडौंमा रहेको अमेरिकी दूतावासमा राखिएको प्रदूषण मापन यन्त्रले काठमाडौँको वायुको गुणस्तर १९५ देखाएको छ अर्थात् काठमाडौँको वायुको गुणस्तर अस्वस्थकर छ ।
स्वीडिस वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यु एअरका अनुसार काठमाडौँ विश्वको प्रदूषित सहरहरु मध्ये पाँचौंमा छ ।
आइक्यु एअरका अनुसार विश्वका प्रदूषित शहरमध्ये पाचौं स्थानमा रहेको काठमाडौँको एक्युआइ १९५ छ ।
तथ्याङ्क अनुसार पहिलो नम्बरमा ४२३ एक्युआइ सहित बोस्निया हर्जगोभानिया, दोस्रोमा २१४ सहित पाकिस्तानको कराँची, तेस्रोमा २१२ सहित बंगलादेशको ढाका, चौंथोमा २०५ सहित भारतको दिल्ली छ ।
_bfhKlBCGTA.jpg)
_1wg9lxAAFL.jpg)
_ztYdv4W573.jpg)
_dhhrNwH8ad.jpg)
_nTiQX7YQ6Y.jpg)
_MhFWy2UR81.jpg)
_7gJ1TUJZ40.jpg)
_r1DzyLGm9e.jpg)
_1CIcUzC5PI.jpg)
_EttjDm10q6.jpg)
_N6wAd6a53K.jpg)
_5kx4bFMb8d.jpg)
_xjscrHTFnx.jpg)
_BrQMgU6MtF.jpg)
प्रतिक्रिया