पर्यटन दशकबाट मुलुकले ठुलो लाभ लिने विश्वास छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशकबाट मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठुलो लाभ लिने विश्वास व्यक्त गरेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले पर्यटन दशकले नेपाललाई ठुलो लाभ प्राप्त हुने बताएका हुन् ।
मन्त्री पाण्डेले भने,‘सन् २०२२ देखि सुरु हुने भनिएको पर्यटक दशक कोभिड–१९का कारण अघि बढ्न सकेन ।’ साथै सन् २०२५–०३५ सम्मका लागि पर्यटन दशकको रूपमा मनाउँदै आएको र अहिले कार्ययोजना बनिरहेको उनको भनाइ छ ।
‘कोशी प्रदेशमा पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउँदै छ । त्यसका लागि यो मन्त्रालय फोकल मन्त्रालय भए पनि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठुलो योगदान रहने छ । यसले पर्यटन दशकलाई समेत ठुलो योगदान गर्ने छ,’ उनले भने ।
उनले पर्यटन दशक मनाउने काम निकै महत्वकांक्षी रहेको उल्लेख गर्दै पर्यटन दशकले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण