आईईई र एआईईएको रिपोर्ट नहेरी काम गर्ने प्रवृत्ति रहेको छ : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकास निर्माणका आयोजनाहरूको आईईई र एआईईएको रिपोर्ट नहेरी काम गर्ने प्रवृत्ति रहेको बताएका छन् । उनले आईईई र एआईईएको प्रभावकारी मुल्यांकन नहुँदा विपद् जोखिम बढाइरहेको बताए ।
सोसाइटी अफ कन्सल्टिङ अर्किटेक्चरल एण्ड इन्जिनियरीङ फम (स्केफ नेपाल)को आयोजनामा हेटौंडामा भएको मोटरेवल ब्रिज डिजाइन सम्बन्धी ७ दिने तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले आयोजना निर्माणको चरणमा फर्जी डीपीआरको समावेश गर्दा समस्या भएको बताए । आयोजना निर्माणको चरणमा कागज मिलाएर डिपिआर हुने गरेको उनको भनाइ छ ।
मुख्यमन्त्री लामाले विकास निर्माणको कामलाई गुणस्तर कायम गर्न जरुरी रहको बताए । इन्जिनियरिङ संवेदनशील विषय रहेको र गणितीय विषयलाई स्पष्ट रूपमा नतिजामुखी बनाउने काम इन्जिनियरले गर्ने उनको भनाई छ ।
‘विगतमा पूर्वाधार निर्माणको पूर्वानुमान, प्रविधिका हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ,’ उनले भने, ‘विगतमा डिजाइन एण्ड बिल्ड मोडलमा योजना कार्यान्वयन गर्दा धेरै पुलहरू निर्माण भएको छ । आवश्यकता अनुपातमा काम गर्न नसक्दा डिजाइन एण्ड बिल्डमा काम गर्दा अहिले समस्या भएको छ । सडक पूर्वाधार निर्माणको काम पनि डिजाइन एण्ड बिल्डमा जानुपर्छ ।’
विकास निर्माणको काममा निजी क्षेत्रसँगको साझेदारीमा अघि बढ्नु पर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा