एआईमा ५ खर्ब डलर लगानी गर्दै अमेरिका
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ कम्पनी मार्फत कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारमा ५ खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । ओर्याकल, सफ्टबैंक र ओपन एआईसले मिलेर सो लगानी गर्न लागेका छन् ।
आईटी क्षेत्रमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हुने विश्वास गरिएको छ । ‘स्टारगेट’ नामक यो उद्यम अमेरिकी डाटा सेन्टरहरूमा प्रविधि कम्पनीहरूले महत्वपूर्ण लगानी हुनेछ । तीनओटै कम्पनीहरूले यसका लागि आर्थिक सहयोग गर्ने योजना बनाएका छन् ।
यसमा अन्य लगानीकर्ताहरूले पनि लगानी गर्न सक्नेछन् । परियोजना टेक्सासमा बनिरहेका १० वटा डेटा सेन्टरहरूबाट सुरु हुने बताइएको छ । ट्रम्पले मंगलबार ह्वाइट हाउसमा ओर्याकलका प्रमुख प्राविधिक अधिकृत ल्यारी एलिसन, सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सन र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँगै पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।
यस कम्पनीले १ लाख भन्दा बढीलाई रोजगारी दिने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण