चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
बुधबार, ०९ माघ २०८१, १६ : ४६
चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
बझोङको आन्याङ जिल्लामा एक ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा बुधबार बिहान ११ः४० बजे दुर्घटना भएको आन्याङ प्रहरीले जनाएको छ, जसमा १२ वटा सवारीसाधन फरकफरक रुपमा क्षतिग्रस्त भएका छन् ।
मृतक पाँचमध्ये चार जनाको घटनास्थलमै र एक जनाको आकस्मिक उद्धारको प्रयास गर्दा मृत्यु भएको हो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण