लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
बुटवल । लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
बुधवार सम्पन्न लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको छैटौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस भन्ने प्रस्ताव पारित गरेको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराएका हुन् ।
सभामा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले थारु आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदनहरू सभामा पेस गरेका छन् ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सभामा उठेका सवालहरूको जवाफ दिएका थिए । उनले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अख्तियारी एक हप्ता भित्र कार्यान्वयनमा आउने जानकारी दिए । महिला परिषद् गठनको बारेमा पनि कानुनी आधार निर्माण गरेर अघि बढाउने बारेमा धारणा राखेका थिए ।
प्रदेशसभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्दै विभिन्न सामाजिक, राजनीतिक तथा आर्थिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । अर्को बैठक माघ २२ गते बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण