गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ

मोरङ । कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक रहेको बताएका छन् ।
प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले लोकसेवा आयोगले स्वच्छ र सबल प्रशासन बनाउन निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले लोकसेवा आयोगलाई आफ्नो निष्पक्षता र विश्वसनीयता कायम राखेर अघि बढ्न आग्रह समेत गरे ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय सरकारले आवश्यक कानुनहरू निर्माण नगरिदिँदा प्रदेश सरकार चलाउन समस्या भइरहेको धारणा राखे । उनले प्रदेश संरचनालाई जनताको आवश्यकताको रूपमा परिणत गर्न प्रयासरत रहेको जिकिर गरे ।
प्रदेश लोकसेवा आयोगले भौतिक पूर्वाधार अभाव र न्यून कर्मचारीको बाबजुद ४ हजार ४३ पदका लागि विज्ञापन गरेको र २ हजार १ सय २ जनालाई सिफारिस गरिएको प्रदेश लोकसेवा आयोगका सचिव तीर्थ धितालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण