काेशी मन्त्रिपरिषद्बाट १३ वटा निर्णय
विराटनगर । कोशी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै बैठकले प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने पनि निर्णय पनि गरेको छ ।
मन्त्री भण्डारीका अनुसार बैठकले आगामी फागुन ३ गते प्रदेश सरकार स्थापना भएको दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरेको छ ।
त्यस्तै प्रदेश निजामती सेवाको ११औँ तहमा बढुवा हुनुभएका प्रकाशकुमार डाँगी, सुशीलकुमार अधिकारी, डाक्टर इन्द्रप्रसाद सापकोटा, कृष्णप्रसाद पोखरेल र ज्ञानबहादुर बस्नेतलाई विभिन्न कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले बुढीगंगा ट्रक पार्किङ स्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ भने, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको उनले बताए ।
यस्तै विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए ।
आजको बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने पनि निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण