सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
बिहीबार, १० माघ २०८१, १२ : ४३
जनकपुरधाम । बितेका ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।
उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ । गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण