सिमेन्टको मूल्यवृद्धिले जनतालाई भार पर्छ : अध्यक्ष सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सिमेन्ट उद्योगीले ६० प्रतिशत कटौती गरेर कार्टेलिङ गरिएको बताएका छन् । उनले बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएका हुन् ।
‘होङ्शीको उत्पादन भएपछि कार्टेलिङ रोकिएको थियो । असारदेखि असोजसम्म ४००–५०० थियो । कार्तिकमा ६५० पुराउनुभयो,’ अध्यक्ष सिंहले भने, ‘३५–४० प्रतिशत उत्पादन हुँदै आएकोमा ६० प्रतिशत उत्पादन घटाउनुभयो । होङ्शी सिमेन्टलाई पनि सामेल गराएर कार्टेलिङ भएको छ ।’
सिमेन्टको मूल्य वृद्धिले निर्माण व्यवसायीलाई भन्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । ‘सिमेन्टको मूल्यवृद्धिको २६ अर्ब भार उपभोक्तालाई पर्छ । सिमेन्टको मूल्यवृद्धिले ८० लाखको घर बनाउने जनतालाई १५ लाख भार पर्छ,’ उनले भने, ‘यस अर्थमा सिमेन्टको मूल्यवृद्धि ले जनतालाई भार बढेको छ ।’
उद्योगीले १२ घण्टा लोडसेडिङ भएको भन्ने झुटा तथ्य दिएर मूल्य वृद्धि गरेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण