अभिनेत्री शिल्पा भन्छिन्– आफ्नै कमाइको साटोमा घर मिलाएकी हुँ
काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले निर्माता छवि ओझासँग आफूले कमाएको सम्पत्ति मात्र लिएको बताएकी छन् । छविसँग ६ वर्ष सँगै बसेर काम गर्दा आफूले कमाएको सम्पत्ति संयुक्त राखेको र त्यही सम्पत्ति अहिले लिएको उनको भनाई छ ।
‘मैले जिल्ला अदालतबाट भएको फैसला अनुसार सम्पूर्ण अधिकार पाएर मैले मेरै हकमा सबै लडाइँ जितेको हुँ’, उनले कलाकर्मी मिडियासँगको अन्तर्वार्तामा भनेकी छन् ‘अंशमा पनि आधा सम्पत्ति पाएकी हुँ । मैले माना–चामल पनि मागे जति नै पाएकी हुँ ।’
‘आफूले अदालतले दिएको अधिकारलाई अस्वीकार गरेर छ वर्ष मैले छविजीसँग काम गर्दा मैले र उहाँले कमाएको सम्पत्ति एकै ठाउँमा राखेको सम्पत्तिमा मैले मेरो मात्र सम्पत्ति चाहियो भनेर पैसाको हिसाब गर्दा मेरो टाउको लुकाउने ठाउँ चाहियो । अरू कुनै पनि कमाइबाट केही पनि चाहिएन, जग्गा पनि चाहिएन, माना–चामल केही पनि चाहिएन, बस मैले कमाएको सम्पत्ति मलाई घर अथवा जग्गाबाट दिनु, जसरी सजिलो हुन्छ । त्यो तरिकाले मिलाऊ मलाई अब लड्न छैन, म थाकिसकेँ भनेर मैले हिसाब घर मिलाएकी हुँ’, उनले अगाडि भनेकी छन् ‘माना–चामल, चार करोडको घर भन्ने सबै कुरा बकवास कुरा हुन् ।’
उनले एउटा खण्डहर जस्तो घरलाई ४० लाख रुपैयाँ खर्च गरेर आफूले बस्न योग्य बनाएको समेत बताएकी छन् । उनले आफू आफ्नो श्रीमान्सँग लडेको बताउँदै भनेकी छन्, ‘मेरो प्राइभेसी र मेरो दिमागी स्वास्थ्यलाई लिएर कसैले पनि मलाई होच्याएर कुरा गर्छ भने म अझै पनि कानुनको ढोका ढकढकाउन जान्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण