गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आज साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धु्र्वप्रसाद शर्माले जानकारी दिए ।
खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताए । आगलागीबाट छिरिङको दुईवटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए ।
त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठवटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको जानकारी प्राप्त भए लगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा नास्तिकता प्रवर्द्धन गर्न १ सय मिलियन अमेरिकी डलर खर्च भएको कुरा छ, छानबिन होस्’
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न साउदी अरबमा अमेरिका र रुसबिच वार्ता सुरु
-
आगामी वर्षको बजेटको ‘सिलिङ’ १९ खर्ब
-
किट विश्वविद्यालयका संस्थापकसँग राजदूत शर्माले गरे कुराकानी
-
प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल
-
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा