व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ
काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको ककनी घर भएका ३३ वर्षीय अजय लामा र गोरखा घर भएका दीपक बरामुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
प्रहरी स्रोतका अनुसार उनीहरू भारतबाट पक्राउ परेका हुन् । उनीहरूलाई काठमाडौँ ल्याइएको छ । आक्रमणमा संलग्न ७ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी लामामाथि आक्रमण भएको थियो । सो घटनामा संलग्न आरोपमा यसअघि ५ जना पक्राउ परेका थिए । विक्रम लामाको पूर्व भाउजू धरान घर भएकी लक्ष्मी राई, धादिङ घर भएका रमेश सिलवाल, गोरखा घर भएका सिजन अधिकारी, निश्चल सुनार, दीपक बरामु, नुवाकोट घर भएका शैलेन्द्र तामाङ उर्फ मार्सल र अजय लामालाई प्रतिवादी कायम गरिएको छ ।
आक्रमणमा संलग्न गोरखाको आरुघाट गाउँपालिका–८ घर भएका २९ वर्षीय सिजन अधिकारीलाई पनि प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । पक्राउ परेका मध्येका टिका भण्डारीलाई मुद्दामा प्रतिवादी बनाइएको छैन ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा उनीहरू विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिन्छ । अहिले पक्राउ परेका अजय लामा र दीपक बरामुविरुद्ध अदालतमा मुद्दा दायर भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण