गिरी अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
शुक्रबार, ११ माघ २०८१, ११ : २३
दोलखा । दोलखाका ज्योतिराज गिरी अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । दोलखा जिल्ला भूगोलको तर्फबाट गिरि निर्विरोध निर्वाचित भएका हुन् ।
गिरि सो सङ्गठनको कक्षा इकाई, इकाई सचिव, पालिका अध्यक्ष र जिल्ला कमिटी हुँदै अहिले केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
विद्यार्थीको साझा मुद्दामा सकारात्मक धारण राख्ने गिरि एक आधा दशक भन्दा बढी समयदेखि निरन्तर विद्यार्थी आन्दोलनमा सहभागी छन् । आगामी दिनमा पनि विद्यार्थी सङ्गठनमार्फत विद्यार्थीका हक र अधिकारका लागि सधैँ लडिरहने गिरिको प्रतिबद्धता छ। दोलखाको बैतेश्वर गाउँपालिका– ७ मा जन्मिएका गिरि पेसाले सिभिल इन्जिनियरिङ क्षेत्रमा कार्यरत छन् ।
शनिवार अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ सम्मेलन अन्तर्गत निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण