चिनियाँ समकक्षी सी जिनपिङ र अतिरिक्त महसुलबारे यसो भन्छन् डोनाल्ड ट्रम्प
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर लगाउने योजना सही भएको बताएका छन् । ‘अमेरिकाबाट चीनले धेरै पैसा पाउँछ र त्यो पैसा उनीहरूले आफ्नो सेनामा प्रयोग गर्छन्,’ फक्स न्यूजसँग उनले भने ।
फक्स न्यूजसँगको एक अन्तरवार्तामा ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कस्तो सम्बन्ध छ भनेर सोधिएको थियो ? जवाफमा, उनले सी जिनपिङसँगको आफ्नो हालैको कुराकानीलाई ‘राम्रो’ र ‘मैत्रीपूर्ण’ भनेर बताएका थिए ।
कोरोना भाइरसको महामारी शुरु हुनअघि उनीहरूबिच धेरै राम्रो सम्बन्ध थियो भनेर ट्रम्पले बताए । उनले भने, ‘चीन एक महत्वाकांक्षी देश हो र उनी (राष्ट्रपति सी) पनि एक महत्वाकांक्षी व्यक्ति हुन् । उनी मेरा लागि साथी जस्तै थिए र हाम्रो धेरै राम्रो सम्बन्ध थियो ।’ ट्रम्पले हालै चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार लगाउने बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण