मोटरसाइकलको ठक्करबाट भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु
जनकपुर । जनकपुरको मधेस भवननजिक भएको मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको हो ।
उनी जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी रहेको प्रहरीले जनाएको छ । बिहान कार्यालय आउन लाग्दा मधेस भवन अगाडि विपरीत दिशाबाट विद्यार्थीले चलाएरको मोटरसाइकले ठक्कर दिँदा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको जनकपुर प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो । मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण