जसपा नेपालले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ १९ र २० गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षाका लागि बैठक बोलाइएको पार्टीका महासचिव रामकुमार शर्माले बताए । अभियान सुरु भएको ६ महिना भइसक्यो । भदौदेखि सुरु भएको यो अभियान माघ मसान्तसम्म चल्ने छ ।
बैठकमा ६ महिने अभियानले संगठनमा के कति प्रगति ल्याएको, संगठनका लागि अभियान कति प्रभावकारी रह्यो त्यसको बारेमा समीक्षा हुने बताइएको छ ।
बैठकमा दलहरूको बिचमा भइरहेको मोर्चाबन्दीको प्रयासको बारेमा पनि समीक्षा हुने बताउँदै उनले कुन दलसँग कुन मोडालिटीमा मोर्चाबन्दी गर्नेलगायतको विषयमा पनि पार्टीले छलफल गर्ने बताए ।
फागुन मसान्तसम्म पार्टीका हरेक सदस्यले आफ्नो सदस्यता अध्यावधिक गर्ने र वैशाखसम्ममा सबै तहका अधिवेशन सम्पन्न गर्ने गरी पार्टीले सर्कुलर गरेको छ ।
चैतसम्म वडा तहदेखि जिल्लासम्मका सबै अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पार्टीले निर्णय गरेको छ । त्यस्तै वैशाखसम्म भातृ संगठन तथा प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना