जसपा नेपालले बोलायो कार्यकारिणी समितिको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ १९ र २० गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षाका लागि बैठक बोलाइएको पार्टीका महासचिव रामकुमार शर्माले बताए । अभियान सुरु भएको ६ महिना भइसक्यो । भदौदेखि सुरु भएको यो अभियान माघ मसान्तसम्म चल्ने छ ।
बैठकमा ६ महिने अभियानले संगठनमा के कति प्रगति ल्याएको, संगठनका लागि अभियान कति प्रभावकारी रह्यो त्यसको बारेमा समीक्षा हुने बताइएको छ ।
बैठकमा दलहरूको बिचमा भइरहेको मोर्चाबन्दीको प्रयासको बारेमा पनि समीक्षा हुने बताउँदै उनले कुन दलसँग कुन मोडालिटीमा मोर्चाबन्दी गर्नेलगायतको विषयमा पनि पार्टीले छलफल गर्ने बताए ।
फागुन मसान्तसम्म पार्टीका हरेक सदस्यले आफ्नो सदस्यता अध्यावधिक गर्ने र वैशाखसम्ममा सबै तहका अधिवेशन सम्पन्न गर्ने गरी पार्टीले सर्कुलर गरेको छ ।
चैतसम्म वडा तहदेखि जिल्लासम्मका सबै अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पार्टीले निर्णय गरेको छ । त्यस्तै वैशाखसम्म भातृ संगठन तथा प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण