पर्यटकको मन लोभ्याउने सौराहाका वन्यजन्तु (तस्बिरहरू)
चितवन । वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा योपटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायी बताउँछन् । साँझपख राप्ती नदी किनारका रेस्टुरेन्ट भरिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्।
बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिन्छ। त्यस्तै बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणको रूपमा रहेको छ जिप सफारी र हात्तिसफारी ।
कुमरोज मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जिप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।
यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरू नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदी तटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ । वन्यजन्तुमा बाघ, गैँडा, हात्ती, चितुवा, चित्तल, मृग, मयुर, जङ्गली बँदेल लगायत विभिन्न प्रजातिका चराहरू हेर्न पाइन्छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
_hJAeQIMEzi.jpg)
_swze9J4afw.jpg)
_vNhO0S2oVK.jpg)
_kNtOKjvso0.jpg)
_8lBk6UeZFJ.jpg)
_ACylm075B0.jpg)
_XtpjnK0Gzc.jpg)
_YjDcfxE7xt.jpg)
_6FtW7QOpxD.jpg)
_yfIMQGUwqV.jpg)
_1yOl9Y0cah.jpg)
_4LCYXsTRSt.jpg)
_L7wPlbAkp0.jpg)
_MSFkfey7K4.jpg)
_i0kOf8pFx5.jpg)
_vQCxXiElNA.jpg)
_QDa1EJuOTH.jpg)
_0xettpIFTB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण