विश्वविद्यालयमा दलीय भागबन्डा भएकोमा नेविसंघको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाएको छ ।
अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग, क्याम्पस लगायतका विभिन्न अन्य निकायमा दलीय भागबन्डा गरिएको भन्दै मान्य नहुने बताए। विश्वविद्यालयका प्राज्ञिक पदहरूमा नै दलीय भागबन्डा गर्नु उचित नभएको भन्दै नेविसंघले आन्दोलनको चेतावनी दिएको छ ।
नेविसंघको निरन्तरको आन्दोलन र अभियानको जगमा योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धा मार्फत विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न विभिन्न कार्यविधि, मापदण्ड, नियमहरू तर्जुमा एवं संशोधन भएको तथ्यमा कुनै विवाद नरहेको नेविसंघको ठहर छ।
उक्त कानुनको छिद्रहरूबाट आफ्नो दलीय स्वार्थ पुरागर्ने परिपाटी अझै अन्त्य नभएको र विद्यार्थी आन्दोलनको मर्म र उपलब्धि विपरीत रहेको हुँदा नेविसंघ पुनः सशक्त निर्णायक आन्दोलनमा होमिनुपर्ने अवस्था सृजना भएको नेविसंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन