क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्ला
टोरन्टो । क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्लाको नाम पनि परेको छ । रुबी टोरन्टो क्षेत्रकी पूर्व लिबरल सांसद र प्रेरक वक्ता पनि हुन्।उनले प्रारम्भिक दिनमा मोडलको रूपमा पनि काम गरेकी थिइन् ।
जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएपछि पार्टी अब नयाँ नेताको खोजीमा छ । भारतीय मूलकी अनिता आनन्द नयाँ नेता बन्ने दौडमा सामेल भए पनि उनले त्यसबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेकी छन् ।
रुबी ढिलो गरी दौडमा सामेल भए पनि उनको नाम अहिले चर्चाको विषय बनेको छ । रुबीले सन् २००४ देखि २०११ सम्म टोरन्टो क्षेत्रको सिट सम्हालेकी थिइन् । उनी हाउस अफ कमन्समा निर्वाचित भारतीय मूलकी पहिलो क्यानेडियन महिला बनेकी थिइन्। उनीसँगै कन्जरभेटिभ पार्टीबाट नीना ग्रेवाल पनि सांसदमा निर्वाचित भएकी थिइन् ।
हालै सीबीसीलाई दिएको अन्तर्वार्तामा उनले आफू अहिलेसम्म तीन पटक सांसद बनेको र लामो समयदेखि राजनीतिबाट टाढा रहेको बताएकी थिइन् । उनी होटल व्यवसायी पनि हुन् । उनले प्रारम्भिक दिनमा मोडलको रूपमा पनि काम गरेको बताइन् । रुबीले समाचार संस्था सीपी२४ सँग कुराकानी गर्दै आफ्नो आगमनले प्रधानमन्त्रीको दौडमा विविधता ल्याएको बताइन् ।
रुबीमाथि परिवारले काम गर्ने दुई घरेलु कामदारलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । जसका कारण उनले सन् २००९ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । तर, ढल्लाले आफूले कुनै गल्ती नगरेको बारम्बार अस्वीकार गर्दै आएकी छन् । उनीबाहेक अरू धेरै नेताहरू प्रधानमन्त्रीको दौडमा सामेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण