सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

शनिबार, १२ माघ २०८१, १६ : ०३
शनिबार, १२ माघ २०८१

काठमाडौँ । देशका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

  • सिराहा, लहान नगरपालिका-१३ सरस्वती टोलस्थित सडकमा मल्हनमा टोलबाट सरस्वती टोलतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ त १२७३ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया बिना सार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 
  • नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१५ हर्वष्टारस्थित सडकमा अरूणखोलाबाट चोरमारातर्फ आउँदै गरेको लु.४६ प २५१६ नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने २२ वर्षीय सुशिल महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । 
  • तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ गल्छिनास्थित सडकमा म्याग्दीबाट चितवनतर्फ जाँदै गरेको ग.१४ प ४९५१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ बस्ने ५५ वर्षीया देवी माया विकको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • बैतडी, सिगास गाउँपालिका-१ स्थित माणु भन्ने स्थानमा माणु गडानबाट ईरानातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४०२८ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सिगास गाउँपालिका-१ ईराना बस्ने १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।  
  • मोरङ, बेलबारी नगरपालिका-४ बेतनास्थित सडकमा लक्ष्मीमार्गबाट बेलबारीतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प ३९९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८२ वर्षीय मान बहादुर तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ पठाइएको छ भने मोटरसाइकलमा सवार १ जनाको चौधरी मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप