कांग्रेस-एमालेको सरकार ढाल्न बाह्य शक्ति लाग्यो : सीपी मैनाली
काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेको खण्डमा ०८४ सम्मै सरकार अघि बढ्ने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताएका हुन् ।
उनले अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेको दाबी गरे । उनले बाह्य शक्ति, अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिले भने त नढल्ला तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर लागिरहेको छ । देशभित्रका कतिपयले पनि त्यो बाह्य शक्तिको कुरामा च्याखे लगाइरहेका छन् । त्यसले गर्दा यति सङ्ख्याले बहुमत नै भए पनि सरकार ढल्न कुनै आइतबार लाग्दैन । किनभने बाह्य शक्ति अहिले हाबी छ । बाह्य शक्तिहरूसँगको हाम्रो अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्ति यो अहिलेको हाम्रो देशको विरोधी शक्ति हो ।’
महासचिव मैनालीले कम्युनिस्टहरू बसेर आफूले गरेका कमी, कमजोरीहरूबारे छलफल गर्न जरुरी रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण