देश बनाउने अभियानको अगुवाइ युवाहरूले गर्नुपर्छ : महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उल्लेख गर्दै पोखरेलले देश बनाउने अभियानको अगुवाइ युवाहरूले गर्नुपर्ने बताए ।
उनले भने, ‘नयाँ पुस्तालाई राजनीतिसँग जोड्न सकिँदैन भने त्यो राजनीतिक दलको भविष्य लामो हुन सक्दैन । युवाहरूलाई साथमा लिएर हिँड्न सक्नुपर्छ । अबको युग युवाको युग हो, युवाको साथमा एमाले छ ।’
महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन स्वाभाविक भएको बताए । उनले भने, ‘धेरैलाई दुई ठुला दल मिल्ने कुरा अप्राकृतिक भयो भन्ने लागिरहेको छ । जुन गलत हो, जनताले अस्वीकार गरेका दलहरू शीर्षस्थानमा रहने कुरा अप्राकृतिक हो ।’
उनले कांग्रेस–एमाले सधैँ भरिका लागि नमिलेका पनि उनले स्पष्ट पारे । जनताका बिचमा जाने बेलामा नेकपा (एमाले) र नेपाली कांग्रेसले एकापसमा गठबन्धन नगर्ने समेत उल्लेख गरे । देश बनाउनका लागि धेरै राजनीतिक दल होइन ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ थियो ।
“ठुला र जनमतप्राप्त दलले मात्र मुलुकमा विकास र समृद्धिका लागि काम गर्न सक्छन्”, उनले भने, ‘देशलाई विकास र समृद्धिको बाटोमा लैजान जनमतप्राप्त राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व चाहिन्छ’, पोखरेलले बताए ।
एमाले पार्टीको नीति एमालेको मात्रै नभएको उल्लेख गर्दै उनले भने- ‘एमालेको नीति मुलुकको नीति बन्नुपर्छ । एमालेको ‘मिसन–८४’ एमालेको एकल बहुमतको सरकारका लागि हो ।’
त्यस अवसरमा युवा सङ्घको पूर्वअध्यक्ष महेश बस्नेतले युवा सङ्घ बौद्धिक मात्र नभई प्रतिरोधी सङ्गठन रहेकाले राज्यलाई सचेत बनाउनमा पनि सक्रिय रहने बताए । उनले भने, ‘सङ्घले उठाएका मुद्दाहरु राष्ट्रिय ‘एजेन्डा’ बन्छन् । सामाजिक न्यायमा योगदान दिन, सृजनशील र रचनात्मक बाटोमा सङ्घ लाग्नुपर्छ ।’
उनले आफूहरू सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको उल्लेख गर्दै सत्य सूचना जनतामा पुग्नुपर्ने र व्यक्तिको चरित्र हत्या हुने गरेर अप्रमाणित विषयवस्तुबारे मिडियालाई बोल्ने छुट नभएको बताए ।
युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले युवाहरूलाई नीति निर्माणमा सहभागी गराउँदै रोजगारी सृजना, आत्मनिर्भर र उद्यमशीलताका योजनालाई अघि सार्न भेलाको आयोजना गरिएको बताए ।
सङ्गठनका इन्चार्ज राजीव पहाडी यो भेलाले नेपाली युवा आन्दोलनलाई सकारात्मक दिशामा अगाडि बढाउनका निम्ति मार्गदर्शन दिने बताए । उनले भने, ‘युवा सङ्घले उठाउँदै आएका मुद्दा र आन्दोलनको विषय जायज छन् । सामाजिक सञ्जालमा गलत क्रियाकलाप र नकारात्मक कुराको भण्डाफोर गर्दै सकारात्मक सन्देश प्रवाह गर्न म युवाहरूलाई आग्रह गर्छु ।’
त्यस अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका तीन जनालाई सम्मान पनि गरिएको थियो । जसमा क्रिकेटमा योगदान पुरयाउने पारस खड्का, पारा ओलम्पियन पलेशा गोवद्र्धन र सञ्चार क्षेत्रमा योगदान पुर्याउने असगर अलीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण