अर्शदीप सिंह बने आईसीसी टी–२० क्रिकेटर अफ द इयर
नयाँ दिल्ली । भारतीय तीव्र गतिका बलर अर्शदीप सिंह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा सन् २०२४ का लागि टी–२० क्रिकेटर अफ द इयर चुनिएका छन् । सिंह गत वर्ष टी(२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीका सदस्य थिए ।
आफ्नो वेबसाइटमा अर्शदीप सिंहको नाम घोषणा गर्दै आईसीसीले उनले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको बताएको छ । आईसीसीले टी–२० क्रिकेटमा सिंहलाई नयाँ बलमा विकेट लिने खेलाडी र अन्तिम ओभरमा किफायती बलरको रूपमा मान्यता दिएको बताएको छ ।
सिंह सन् २०२४ मा भारतका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी थिए । उनले मात्र १८ खेलमा ३६ विकेट लिन सफल भएका थिए । उनले १५.३१ को औसतले विकेट लिएका थिए भने उनको स्ट्राइक रेट १०.८० रहेको थियो । उनको इकोनोमी रेट ७.४९ रहेको थियो । भारतलाई क्यारेबियनमा टी–२० विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
सन् २०२४ मा उनीभन्दा मात्र ४ खेलाडीले बढी विकेट लिएका थिए । जसमा साउदी अरबका उसमान नजिब (३८), श्रीलंकाका वानिन्दु हशरंगा (३८), यूएईका जुनैद सिद्धिकी (४०) र हङकङका इसान खान (४६) रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण