प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई
काठमाडौँ । भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर (एक्स)मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् । उनले भने, ‘लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाओस् र हाम्रा दुई राष्ट्र बिचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् ।’
त्यस्तै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समकक्षी एस. जयशंकारलाई बधाई दिएकी छिन् ।
उनले भारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा भारतका जनता र सरकारलाई निरन्तर प्रगति, समृद्धि र उन्नतिको लागि शुभकामना व्यक्त गरेकी छन् ।
शताब्दीऔँदेखिको साझा इतिहास, पारस्परिक सम्मान र विभिन्न क्षेत्रहरूमा सहकार्यबाट बनेको दुई देशको बलियो सम्बन्धलाई महत्त्व दिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री आरजुले आगामी दिनेहरूमा यी सम्बन्धहरूलाई अझ सुदृढ गर्दै जाने बताएकी छन् ।
भारतले आज ७६ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको छ ।
सो अवसरमा आज भारतले बिहान १० बजेदेखि नै नयाँ दिल्लीस्थित ‘कर्तव्य पथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूको उपस्थितिमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो सहभागी छन् ।
सन् १९४७ को अगस्ट १५ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतले सन् १९५० को जनवरी २६ मा संविधान जारी भएपछि सोही दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण