आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न जसपा नेपालको माग
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गरेको छ ।
पार्टीका प्रवक्ता मनिषकुमार सुमनले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनकारीमाथि भएको प्रहरी कारबाहीको विरोध गरेको हो ।
'शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गरिएको यो घटना अत्यन्त निन्दनीय तथा भर्त्सनायोग्य छ,’ विज्ञप्तिमा भनिएको छ ।
पाथीभरा क्षेत्रको स्थानीयवासीको भाषा, धर्म, अधिकार तथा पहिचान मेटिने भन्दै पहिचान पक्षधरले 'नो केबलकार आन्दोलन' गर्दै आइरहेका छन् । आन्दोलनकारीमाथि प्रहरीले शनिबार साँझ गोली प्रहार गर्दा यमबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा लगायत गम्भीर घाइते भएका छन् । यस घटनाप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टीले घाइते आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै घाइते आन्दोलनकारीहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण