श्रमिक कम्युनिस्ट पार्टी विघटनको घोषणा (विज्ञप्तिसहित)

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीसहित अन्य पार्टीहरूबाट फुटेर नयाँ बनाइएको ‘श्रमिक कम्युनिस्ट पार्टी नेपाल’ विघटनको घोषणा गरिएको छ । आइतबार सो पार्टीमा आबद्ध रहेका २५ जनाले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विघटन भएको घोषणा गरेका हुन् ।
२०८१ वैशाख १७ गते किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीहरूबाट विद्रोह गरी नयाँ अभियानको घोषणा गरिएको, जेठको १७–१८ गते काठमाडौँमा विशेष भेला गरी श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको र सो समितिले मङ्सिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरे पनि सम्मेलन नै हुन हुन नसक्ने अवस्था बनेपछि अन्ततः पार्टी नै विघटनको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘अफसोच न अभियान भयो न त राष्ट्रिय सम्मेलन । त्यसपछि गत असोज १–२ मा बसेको विस्तारित बैठक (१७ जना केन्द्रीय सदस्य सहभागी) ले गत पौष २२ गते केन्द्रीय समितिको बैठक र माघ १६ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरी सर्कुलर जारी भएको थियो । तर कुनै पनि सूचना बिनै बैठक नबस्नु र सम्मेलन नै अनिश्चित हुनेगरी संयोजनको भूमिकामा रहेका कमरेड नै सम्पर्क बाहिर रहनु विडम्बनापूर्ण रह्यो’, विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको श्रमिक कम्युनिस्ट पार्टीको बिचार एवं व्यवहारमा देखिएका यी तमाम असफलताले हामी लक्ष्यको विपरीत र उद्देश्यको उल्टो गतिमा भएको निर्ममतापूर्वक स्वीकार गर्दछौ ।’
विज्ञप्तिमा पार्टीमा जबरजस्त हुर्काउन खोजिएको गलत प्रवृत्तिको अन्त्य र क्रान्तिकारी यात्राको सुनिश्चित गर्न पार्टी विघटन जस्तो निर्मम निर्णय लिन बाध्य भएको उल्लेख गर्दै भनिएको छ, ‘त्यसैकारण श्रमिक कम्युनिस्ट पार्टी विघटन गरी समग्र पार्टी पङ्क्ति वैचारिक एकता अभियानमा होमिएको घोषणा गर्दछौँ । साथै पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा प्रति दुख व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टीको नामका सम्पूर्ण गतिविधिहरू पूर्णतः बन्द गरेको जानकारी गराउँदछौँ ।’
विज्ञप्तिमा सङ्गठनात्मक संरचनाको निर्माण वा विघटन कुनै असामान्य घटना नभई यो ऐतिहासिक आवश्यकता र द्वन्द्वात्मक प्रक्रियाको अभिव्यक्ति भएको समेत उल्लेख छ । विघटन विज्ञप्तिमा लोकेश विश्वकर्मा, रोहित खत्री, रणबहादुर बिक, भीमसेन भट्ट, बीएस पौडेल, ढुण्डिराज अधिकारी, विनोद भट्टराई, नवराज भुसाल, जितु तामाङलगायतको हस्ताक्षर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ : मन्त्री भण्डारी
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने