परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ
सोमबार, १४ माघ २०८१, ११ : २०
काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३८ वर्षीय हेमराज शिवाकोटी र ३३ वर्षीया मुना सिलवाल छन् ।
हेमराज शिवाकोटीले आफूलाई ‘परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ’ भन्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान पुरा गरेर उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
पीडित कमानसिंह राईसँग दम्पतीले १५ लाख ७६ हजार रकम लिएर सम्पर्क विहीन भएका हुन् । २०७९ वैशाखमै रकम लिए पनि पूर्व गृहमन्त्री बालकृष्ण खाँण जोडिएको शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेपछि आरोपीहरूले ‘अहिले शरणार्थी प्रकरण चर्किएको छ चुपचाप बस्नुस्’ भनेर रकम पचाउन खोजेको पीडितले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण