मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने
सोमबार, १४ माघ २०८१, १३ : ५३

काठमाडौँ। चलचित्र 'वीर विक्रम','लिली बिलि','ब्लाइण्ड रक्स','गोर्खा वारियर','बबी',जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी जनरामा बन्नेछ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। प्रेमकथामा बन्ने चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायाङ्कन हुनेछ। चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए।
चाम्स द्वारा निर्देशित चलचित्र 'अञ्जिला' आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म