कोशी प्रदेशमा चालकको लापसे जाँच गर्ने ट्राफिक प्रहरीको अभियान
काठमाडौँ । कोशी प्रदेशस्थित मुख्य राजमार्गहरूमा गाडी चलाउने चालकहरूले लागु पदार्थ सेवन गरेको अवस्थाबारे जाँच गर्न थालिएको छ । लागुऔषध सेवनसँगै, रक्तचाप, सुगर र आँखा जाँच सुरु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।
पुस १२ बाट स्वास्थ्य परीक्षण कार्यक्रम अभियानकै रूपमा सुरु गरिएको छ । २ सय ८६ जना चालकको पिसाब परीक्षण गर्दा ६६ जनाले लागूपदार्थ सेवन गरेर गाडी चलाएको भेटिएको एसपी घिमिरेले बताए ।
विगत ३ आर्थिक वर्षको तथ्यांकअनुसार कोशीमा चालकको लापरबाहीका कारण धेरै दुर्घटना भएको भेटिएको छ । कोशी प्रदेशका डीआईजी राजन अधिकारीले चुनौतीको रूपमा रहेको सवारी दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य जाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन् ।
चालकको लापरबाहीसँगै चालकहरूको स्वास्थ्य अवस्था कमजोर भएर तथा लागूपदार्थ सेवनबाट पनि हुने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ । स्वस्थ चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्ने निष्कर्ष सहित अभियान सुरु गरिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण