प्रधानमन्त्रीको दाबी : आईटीसम्बन्धी अध्यादेशबाट युवाहरू खुसी छन्
मङ्गलबार, १५ माघ २०८१, १४ : ३७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताएका छन् । मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले ल्याएका अध्यादेश आम रूपमा सही भएको दाबी गर्दै देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको बताए ।
उनले संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश स्थायी कानुनका रूपमा परिणत हुने भन्दै त्यसका लागि सांसदहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।
‘आम रूपमा अध्यादेश सही छन् । विशेषगरी आइटी सेक्टरका युवाहरुले स्वागत गरेर खुसी मनाएका छन्’, प्रधानमन्त्री ओलीले भने– ‘यसले युवाहरूलाई नेपालमा बसेर काम गर्ने वातावरण बनाउँछ ।’ उनले विदेशमुखी नभएर स्वदेश र विकासमुखी हुनुपर्ने भन्दै यस्तै कुरा लिएर जनतामा जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण