तीन दिन घटेपछि सुधारियो नेप्से, विकास बैंक समूहमा उत्साह
काठमाडौँ । तीन दिन घटेपछि सेयर बजार परिसूचक (नेप्से) बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से २४.५० अंकले बढेको हो । योसँगै बजार परिसूचक २६५७.७७ अंकमा पुगेको छ ।
अघिल्लो कारोबार दिनसम्म नेप्से लगातार घटेको थियो । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१०, आइतबार १०.४१ र सोमबार १०.६६ अंकले घटेको थियो ।
मंगलबार बजारमा ९ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । बजारमा मंगलबार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा कारोबार भएका सबै उपसूचकको मूल्य मंगलबार बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहमा ४.०७ प्रतिशतले उत्साह आएको छ ।
मंगलबार बजारमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, त्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्स, सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार गर्ने कम्पनी बन्न सफल भयो । कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण