थाहा पाएसम्म अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र थाहा पाएसम्म अरू कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।’
भ्रष्टाचार नियन्त्रणको कुरा स्टन्टवाजी नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले हिजो बिहान उठेर सामाजिक सञ्जाल हेर्दा हिन्दीमा प्रधानमन्त्री केपी ओलीकी पत्नि राधिका शाक्यको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर रहेको भन्ने सुनेको भन्दै यस्तो सुन्दा रिस उठ्नुपर्नेमा अव त रिस नै उठ्न छोडेको बताए ।
उनले कानुन बनाउँदा र संशोधन गर्दा कानुन व्यवसायीहरूका मागलाई समेत केन्द्रबिन्दुमा राखेर गरिने बताए । हरेक देशका संविधान संशोधन हुने भन्दै संविधान नभएका देशमा नजिर रहने र ती नजिर समेत संशोधन गरिने गरेको प्रधानमन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण