आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

राजीनामा दिने संघीय कर्मचारीलाई ट्रम्पले आठ महिनाको तलब दिने

बुधबार, १६ माघ २०८१, १३ : ४५
बुधबार, १६ माघ २०८१

 वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालयमा फर्किन नचाहने लगभग सबै कर्मचारीलाई ‘बाइआउट’ प्योकज दिने घोषणा गरेका छन् । 

अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो कदम चालिएको हो । ‘डिफर्ड रेजिग्नेशन प्रोग्राम’को हिस्सा बन्ने हो कि होइन भन्ने निर्णय गर्न ६ फेब्रुअरीसम्मको समय भएको मङ्गलवार लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा ट्रम्पले बताएका छन् । 

सो मितिसम्ममा जागिर छाड्न चाहने कर्मचारीले जागिर छाडेबापत ८ महिनाको तल एकमुष्ठ पाउने बताइएको छ । अहिले अमेरिकी संघीय सरकारमा करिब २० लाख कर्मचारी छन् । 

यीमध्ये १० प्रतिशत अर्थात् करिब २ लाख जनाले यो कार्यक्रममा सहभागी हुने आशा ट्रम्प प्रशासनको छ । यो योजनाबाट सरकारको १ खर्ब डलरसम्म बच्न सक्ने ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले अमेरिकी सञ्चार माध्यमलाई भनेका छन् । 

हुलाक कर्मचारी, सेनाका जवान, अध्यागमनका अधिकारी र राष्ट्रिय सुरक्षाका केही कामदारले भने यो अफर नपाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप