‘माधव नेपालमा पनि केपी ओली प्रवृत्ति देखियो’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दुई भ्रातृ संगठनका अध्यक्षहरूलाई अन्तरपार्टी निर्देशन (अपानि) बाटै जिम्मेवारीमुक्त गरेपछि उक्त पार्टीमा ओली प्रवृत्तिको चर्चा हुन थालेको छ ।
अध्यक्ष माधवकुमार नेपालले माघ १४ गते जारी गरेको अन्तरपार्टी निर्देशनमार्फत एकीकृत समाजवादीको युवा संघ नेपाल र अनेरास्ववियूका केन्द्रीय अध्यक्षलाई जिम्मेवारीमुक्त गरेका थिए ।
जिम्मेवारी खोसेका युवासंघका अध्यक्ष कृष्णकुमार विश्वकर्माले पार्टीको निर्णयले सङ्गठनको जिम्मेवारी हेरफेर गर्न सकिने भए पनि पूर्वाग्रहपूर्ण ढङ्गले आफूहरूको जिम्मेवारी खोसिएको बताए । उनले अब आफूहरूसँग असहमति लेख्नुबाहेक अरू विकल्प नभएको पनि बताए ।
‘पार्टीले संगठनको जिम्मेवारी हेरफेर गर्नसक्छ । तर यति धेरै पूर्वाग्रह किन राखियो भन्ने मेरो प्रश्न हो’, उनले भने, ‘अरू सङ्गठनले भेला गरेर छोड्न पाउने हाम्रा हकमा मात्र नपाउने भन्ने हुँदैन ।’
विश्वकर्माले असहमति लेखेर दिने पनि बताए ।
‘असहमति लेखेर दिन्छु । त्यो असहमति केन्द्रीय कमिटी बैठकमा छलफलको विषय बन्न सक्छ’, विश्वकर्माको भनाइ छ ।
अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा अन्य भ्रातृ संगठनका नेताहरूलाई वैशाखसम्म अधिवेशन गर्ने र कार्यवाहक तोक्ने अधिकार प्रत्यायोजन गरिएपनि पार्टी निकट अनेरास्वियुका अध्यक्ष आरती लामा र युवा संघ नेपालका अध्यक्ष विश्वकर्मालाई अपानिमार्फत जिम्मेवारी मुक्त गरेको उल्लेख छ ।
पूर्वाग्रह त देखियो नै यो भन्दा पनि केपी ओली प्रवृत्ति माधवकुमार नेपालमा पनि देखियो । यो पार्टीका लागि हानिकारक हुनसक्छ’, पार्टीका एक नेता भन्छन्, ‘अरूलाई अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न भनिएकोमा दुई जनाको हकमा मात्र सङ्गठनको नेतृत्वबाट मुक्त गर्नु तर्कसङ्गत भएन ।’
लामा र विश्वकर्मा नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकटस्थ मानिन्छन् । असारमा भएको पार्टीको दसौँ महाधिवेशनमा खनालले अध्यक्षको प्रतिस्पर्धा नगरेपछि विश्वकर्मा र लामा दुवै महासचिव भुसालको पक्षमा खुलेका थिए ।
अखिल अध्यक्ष लामाले एउटा जिम्मेवारीबाट अर्को जिम्मेवारी पाउनु पार्टीमा स्वाभाविक भए पनि विधिसम्मत नभएकोमा आफूहरूको गुनासो रहेको बताइन् ।
‘केन्द्रीय सदस्यको थप जिम्मेवारी पाएर पार्टीको काममा लाग्ने कुरामा आपत्ति भएन तर विधिबाट बिदा हुनुपर्छ भन्ने हो त्यो भएन’ लामाले भनिन्, ‘हामीले विधि स्थापित गर्न नै विद्रोह गरेको हो । विधि र पार्टी विधानको वकालत गर्दै हिजो केपी ओलीसँग विद्रोह गर्नुपरेको हो । तर हामीले यत्रो वर्ष काम गरेको सङ्गठनबाट पनि विधिवत् बिदा हुन पाएको भए राम्रो हुने थियो भन्ने हो ।’
नेताहरूको नयाँ जिम्मेवारी अनुसार विश्वकर्मालाई म्याग्दी जिल्लाको इन्चार्ज र लामालाई सर्लाही जिल्लाको सहइन्चार्ज तोकेको छ भने दुवै पार्टी केन्द्रीय सदस्य पनि हुन् ।
एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले विधानअनुसार नै विश्वकर्मा र लामालाई पार्टीले अन्य जिम्मेवारी दिएको दाबी गरे ।
‘पार्टीको विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटी सदस्यलाई जनवर्गीय सङ्गठनको अध्यक्ष वा जिल्ला अध्यक्ष बन्न रोकेको छ’, पाण्डेले रातोपाटीसँग भने, ‘जिल्ला अध्यक्षहरू पनि हामी फिर्ता गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण