महिला लिगको उपाधि एपीएफ क्लबले जित्यो, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । एन्फा महिला लिग फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई४–० ले पराजित गर्दै एपीएफले लिगको उपाधि जितेको हो । एपीएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४औँ मिनेटमा सविताको गोलमार्फत एपीएफले सुरुआती अग्रता लियो ।
त्यसको ६ मिनेटपछि नै सुरु लिम्बुले अग्रता दोब्बर बनाइन् । ८४औँ मिनेटमा सविताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपीएफको ४–० को जित पक्का गरिन् ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो । उपाधिसँगै एपीएफले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण