राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउँछु : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएरै छाड्ने संकल्प गरेका छन् । सहिद दिवसको अवसरमा पार्टीद्वारा बुधबार काठमाडौँमा आयोजित स्मृति दिवस कार्यक्रममा बोल्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको निमित्त जीवन उत्सर्ग गर्ने शहिदहरुप्रती श्रद्धासुमन प्रकट प्रकट गरे ।
विचार र सिद्धान्त अङ्गिकार गरेको आधारमा धेरैले जीवन गुमाएको चर्चा गर्दै थापाले सहिदहरुको सपना पूरा गर्न आफूले आगामी दिनमा निष्काम कर्म गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । देशलाई अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको र व्यवस्था र अवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक भएको बताउँदै थापाले त्यसको लागि विचार मिल्नेहरू सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।
अत्यन्तै संकटपूर्ण घडीमा राप्रपा नेपाललाई तत्कालीन अवस्थामा उठाउन महत्त्वपूर्ण भूमिका र योगदान दिने नेताहरुको स्मरण गर्दै थापाले उनीहरूको आत्माको शान्तिको लागि पनि विचार र सिद्धान्त केन्द्रित भएर काम गर्नुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण